राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पौडेल नियुक्त

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिए

काठमाडौं, १२ साउन । प्रधानमन्त्री अध्यक्ष रहने तथा सरकारका आर्थिक नीति एवं रणनीतिक कार्यक्रमहरु तयार गर्ने राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । त्यस्तै, योजना आयोगका सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अर्थशास्त्री तथा बीपी विचारका अध्येता पौडेल निभर्सिटी अफ क्यालिफोर्निया (वर्कले) बाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी काठमाडौं विश्वविद्यालयमा एसोसिएट भिजिटिङ प्रोफेसरका रूपमा अध्यापनरत छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यूवा अर्थविद पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो । राज्यमन्त्री सरहको आर्कषक मानिने उक्त पदमा पूर्व गर्भनर डा. तिलक रावल, पूर्व उपाध्यक्ष डा. शंकर शर्मा लगायतको नाम चर्चामा आएको थियो ।

यस्तै मंगलबारकै मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार