२४ घण्टामा ३,८९९ जना कोरोना संक्रमित, २० जनाको मृत्‍यु

काठमाडौं, १२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २० जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ५५ पीसीआर र ४ हजार ८ सय ६३ एन्टीजेन गरि १७ हजार ५ सय १८ जनाको कोरोना परीक्षण भएको छ । हिजो १२ हजार २ सय ४० पीसीआर र ५ हजार ३२ एन्टीजेन गरि १७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण हुँदा ३४ सय २१ जनालाई संक्रमण पुष्टि भएको थियो ।

हालसम्म नेपालमा ७ लाख ४२ हजार ८ सय १७ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् भने ९७ सय ५८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार