शेरचनलाई पुन प्रदेश प्रमुखमा सिफारिस

सरकारमा जाने अन्य मन्त्रीहरु बारे छलफल जारी

काठमाडौं, १२ साउन । माओवादी केन्द्रको आज बसेको आकस्मिक बैठकले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई पुन नियुक्ति गर्न सिफारिस गरेको छ । यसअघि केपी ओली सरकारले शेरचनलाई हटाएर एमाले कार्यकर्ता सीताकुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

ओली नेतृत्वको सरकार हटेर बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेर्न तयारी गरेपछि माओवादीको यो निर्णय आएको हो ।

आज डाकिएको आकस्मिक बैठक अहिले पेरिसडाँडामा जारी रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भेटेपछि आकस्मिक स्थायी समिति सदस्यहरुको बैठक राखेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुको नामपनि टुंगो लगाउने र पार्टीको आन्तरिक सांगठनिक विषयमा छलफल भइरहेको बताइएको छ ।

यसअघि गत साउन सात गते बसेको बैठकले आगामी साउन १७ गते स्थायी समिति र २० गते केन्द्रीय समिति बैठक बस्ने मिति तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार