गोविन पुन ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उत्कृष्ट ८ मा प्रवेश

प्रतियोगिता जित्न जनताको साथ आवश्यक रहेको प्रतिक्रिया

काठमाडौँ । रुपन्देहीका गोविन पुन ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उत्कृष्ट ८ पुग्न सफल भएका छन् ।

शुक्रबार र शनिबार बेलुका भएको उत्कृष्ट ९ को प्रतिष्पर्धामा कर्णराज गिरी र निहारिका ज्ञवाली बाहिरिँदा पुनलगायत ८ जना सुरक्षित भएका छन् । भोट कम पाएपछि शोबाट दुई जना बाहिरिएका हुन।

म्याग्दीको मालिका गाउँपालिका–४, सिस्नेरी पुर्ख्यौली घर भएका हाल रुपन्देहीको सैनमैनामा बस्दैै आएका पुन आफूलाई अब्बल गायकका रुपमा परिचित गराउँदै उत्कृष्ट ९ मा प्रवेश गरेका हुन।

टीम दीपमा रहेका पुनले आगमी शुक्रबार उत्कृष्ट ४ का लागि प्रतिस्पर्धा गर्नेछन् । शुक्रबारको कार्यक्रममा टीम दीपबाट आर्यन तामाङ र गोभिन पुनबीच प्रतिस्पर्धा हुनेछ भने टीम राजुबाट सोनाम शेर्पा र तारा श्रीषबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै, टीम प्रमोदबाट किरण गजमेर र रवी गहतराजबीच प्रतिष्पर्धा हुनेछ भने टीम तृष्णाबाट अफ्रिता खड्गी र ज्वाला राईबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिस्पर्धामा भोटले नै निर्णायक भूमिका खेल्ने भएकाले आफूलाई सकेसम्म धेरै भोट दिन पुनले सबैमा आग्रह गरेका छन् । योसँगै रुपन्देही तथा म्याग्दीका स्थानीयहरूले पुनलाई भोट दिन सबैमा अपिल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार