प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन

काठमाडौँ, ४ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् ।प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा आज उनले सो आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक्षी प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । साथै प्रधानमन्त्री देउवाले बधाईका लागि उनलाई धन्यवाद दिएका हुन् । दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार