मन्त्रिपरिषद बैठकः अधिवेशन अन्त्य, केही राजनीतिक नियुक्ति

मन्त्रिपरिषद बैठक आज दिउँसो ४ बजे बस्ने

काठमाडौं,  ४ साउन  । सर्वोच्च अदालतबाट पुनस्थापना भएको प्रतिनिधिसभाको हिजो बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि तत्काललाई बिजनेस सकिएको छ ।

त्यसैले सरकारले चालु संसद् अधिवेशन अन्त्य गर्ने सोच बनाएको देखिन्छ । यसै प्रयोजनका लागि आज साँझ प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बैठक डाकेका छन् । बैठक आज दिउँसो ४ बजे बस्ने छ ।

स्रोतका अनुसार, बैठकले अधिवेशन अन्त्यको लागि राष्ट्रपति समक्ष सिफारिश गर्दैछ । यसैगरी आजको बैठकबाट केही महत्वपूर्ण नियुक्तिसमेत हुन सक्ने बताइएको छ । प्रधानमन्त्रीको सचिबालय अझै बन्न नसक्दा धेरै काममा वाधा उत्पन्न भएको छ ।

त्यसैले आजको बैठकले प्रधानमन्त्रीको मुख्य राजनीतिक , प्रेसलगायत सल्लाहकार नियुक्त हुने सम्भावना रहेको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको सम्भावना बलियो देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार