देउवाको पक्षमा मतदान गर्ने २२ सांसदमाथि २४ घण्टे स्पष्टीकरण

बैठकबाट १० बुँदे सहमति अनुमोदन

४ साउन, काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ सांसदमाथि २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

देउवाले संसद्मा विश्वासको मत लिनका लागि भएको मतदानमा एमाले वरिष्ठ नेता नेपालसहित २२ सांसदले पक्षमा मतदान गरेका थिए। यस्तै फ्लोर क्रस गने सबैलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए।

गल्ती स्वीकार गरेर आउनेलार्ई अन्तिम अवसर दिने निर्णय गरिएको छ। बैठकले दसबुँदे सहमति पारित गरेको छ। एमालेको विधान समाधानलागि गठित कार्यदलले १० बुँदे सहमति गरेको थियो। अर्को बैठक भोलि ३ बजे बस्ने पार्टीले जनाएको छ।
पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने नेकपा एमाले केन्द्रीय कमिटी बैठकको निर्णय ।

तर सर्वाेच्च अदालतले भने संविधानको धारा ७६ -५_ अन्तर्गत बनेको सरकारलाई समर्थन गर्दा ह्वीप नलाग्ने फैसला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार