मगर समुदायलाई राज्यको हरेक तहमा पुराउन सक्दो प्रयास गर्नेछु –गृहमन्त्री खाँण

काठमाडौँ, २ साउन । नेपाल राष्ट्रिय मगर सघ केन्द्रीय समितिले आज (शनिबार) नव नियुक्त सम्मानीय प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री बालकृष्ण खांणलाई भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष ओम थापामगरले भेटघाट तथा बधाई शुभकामना दिर्दै राज्यको हरेक तह र तप्कामा मगर समुदायलाई समेट्नु पर्ने धारणा राखेका थिए । उनले भने अहिले पनि मगर समुदायहरु राज्यको हरेक क्षेत्रमा निकै नै पछाडि परेको छ, ति समुदायलाई माथि उठाउन सरकारको पहल हुनुपर्छ ।

नव नियुक्त प्रधानमन्त्री देउवालाई भेटघाट तथा सफल कार्यकालको शुभकामना पश्चात नेपाल मगर संघ केन्द्रीय समितिका टोली गृह मन्त्री बालकृष्ण खाँणलाई भेट गर्न मन्त्री क्वाटर गएका थिए । संघका कार्यसमितिले गृहमन्त्रीलाई सामुहिक भेटघाट तथा बधाई दिए ।

नव नियुक्त गृहमन्त्री खाँणले मगर समुदायलाई राज्यको हरेक तह र तप्कामा पुराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने बताए । उनले भने म स्याङज्यामा जन्मेको व्यक्ति हुन्, हाम्रो कुल पुजा पनि मगर पुजारीले नै गर्ने गर्दछ । मगर समुदायसँग उनको घनिष्ट सम्बन्ध रहेको बताए । राज्यको हरेक तह र तप्कामा अहिले पनि मगर समुदायको पहुँच नपुगेको बताउँदै आफूले सक्ने सहयोग र साथ दिने उनको धारणा थियो ।

प्रधानमन्त्री र गृहमन्त्रीसँगको भेटघाट लगत्तै राष्ट्रिय मगर संघ केन्द्रीय समितिले छोटो छलफल राखेको थियो । छलफलमा संघका अध्यक्ष ओम थापामगर र वरिष्ठ उपाध्यक्ष दिनेश थापामगरले संगठन र आउँदै गरेको नेपाली कांग्रेसको १४औं महाधिवेशनको बारेमा जानकारी दिएका थिए ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार