सानुकान्छा ११ वर्षपछि पक्राउ


टिस्टुङ, २५ असार । मकवानपुर जिल्ला अदालतबाट कैद र जरिवाना फैसला सुनाइएका एक जनालाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुरियामाईका ३९ वर्षीय सानुकान्छा लो छन् ।

अदालतले उनलाई विसं २०६७ मङ्सिर १३ मा वन पैदावार ओसारपसार मुद्दामा एक वर्ष कैद र रु ३४ हजार ४१९ जरिवानाको फैसला सुनाएको थियो । यसपछि फरार रहेका लोलाई आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बाट आज पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयेश्वर रिमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार