पर्खाल भत्किँदा शिशुको मृत्यु

दाङ, २४ असार । अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका– १७ का ३० वर्षीया मनिसा चौधरीको तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार चौधरी सहित उनका नौ वर्षीया छोरी बाटुली पनि घाइते भएकी छन् ।

घाइते दुवैको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । साथै मृतक शिशुको शवलाई परीक्षका लागि प्रतिष्ठानमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार