ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै

  –नारायण न्यौपाने  26 पटक हेरिएको

काठमाडौँ, २३ असार ।जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ विधाकी कल्पना परियार, एथेलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरीका सिंह र अलेक्सजङ्ग शाह र जुुडोमा सोनिया भट्टले यस पटक नेपालको प्रतिनिधित्व गर्नेछन ।

नेपालको अनुरोधमा आ–आफ्नो खेलविधामा पुुर्‍याएको योगदानका आधारमा उनीहरू पाँचैजना वाइल्ड कार्डमार्फत छनोटमा परेको हो । छनोट हुनेमध्ये १० मिटर एयर राइफलकी अब्बल परियार र १०० मिटर एथेलेटिक्समा राष्ट्रिय कीर्तिमानधारी चौधरी नेपाली सेनाका खेलाडी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार