उपमेयर उमा थापालाई पितृ शोक

बाँके, १६ असार । नेपालगन्ज उप–महानगरपालिकाका  उपमेयर तथा नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिका सह–महामन्त्री उमा थापामगरलाई पितृ शोक परेको छ ।

उनका ८१ वर्षिय पिता तिल बहादुर थापामगरको ११ गते शुक्रबार भारतको सहारा हस्पिटलमा निधन भएको थियो । भारतीय सेनाका अवकास प्राप्त सुवेदार थापा २० वर्षदेखि प्यारालाइसिस रोगबाट ग्रसित थिए । उनका १ श्रीमती, ६ छोरी र १ छोरा छन् ।

उनको निधन ११ गते भए पनि उनका एक मात्र छोरा अमेरिकामा रहेको हुँदा आज विहान (बुधबार) छोरा आएपछि राप्ती नदिमा अन्तिम अन्तेष्टी गरिएको हो । उपमेयर उमा थापामगर सहित ३ जनाले सामुहिक दागबत्ती दिएका हुन् । फोटो स्रोतः शोभा गुरुङ्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार