युट्युबमा भाइरल सन्तोषी सुब्बाको शव दक्षिणकालीमा भेटियो

हत्याको आशंका

काठमाडौं , ९ असार । सामाजिक सञ्जाल युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या भएको पुष्टि भएको छ । उनी युट्युबमा विभिन्न पशुपंछीको आवाज निकालेर भाइरल भएकी थिइन ।

प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ । प्रहरीका अनुसार दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको छ ।

मंगलवार मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ। प्रहरीका अनुसार कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको शव रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

प्रहरीका अनुसार सन्तोषीको टाउकोमा गह्रुंगो वस्तुले हिर्काएको देखिएको छ, अनुहार क्षतविक्षत भएको छ । प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो । प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेको छ । यद्यपि, पोष्टमार्टमपछि रिर्पोट भने आउन बाँकी छ ।

घटनाका विषयमा मंगलवार हिजो दिउँसो करिब ३ बजेतिर शव भेटिएपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। ट्वाइलेटभित्र अर्धनग्न अवस्थामा उनको शव फेला परेको थियो।

सन्तोषी कालोपुलमा धर्म बुबा भनिने धर्मबहादुर तामाङसँग बस्दै आएकी खुलेको छ। प्रहरीले अहिले तामाङसँग आवश्यक सोधपुछ गरिरहेको छ। तामाङले बयानामा ३–४ दिनदेखि सम्पर्क नभएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार