स्याङ्जा – केहि दिनदेखी भएको अविरल बर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्डको कुभिण्डेमा पहिरो खस्दा याातायात अवरुद्ध भएको छ ।
अहिले साँझ ६ बजे फेदीखोला गाउँपालिका १ कुभिण्डेमा माथिबाट ढुगांसहितको ठूलो पहिरो खस्दा याातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।
पहिलोका कारण सडक अवरुद्ध हुँदा पाल्पा,रुपन्देही र पोखराबाट राजमार्ग हुँदै पहाडी जिल्लामा आउने र पहाडी जिल्लाबाट तराई जाने सवारी साधन सोही ठाउँमा रोकिएका छन् ।
सडक डिभिजन कार्यलय र सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।