राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको हुलाकी सडक निर्माण भएको २ महिना नबितिदै भासिन थाल्यो

  दिपक चौरसिया  194 पटक हेरिएको


पर्सा, २७ जेष्ठ । राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको हुलाकी सडक निर्माण कार्य सम्पन्न नै नगरी हस्तान्तरण गरिएको छ । हुलाकी सडकको निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण गरेको बताइएपनि स्थलगत समाचार संकलन गर्न जादा हुलाकी सडक निर्माणको कार्य अधुरोको साथै निर्माण भएको सडक समेत २ महिना नबितिदै भासिन थालिएको हो । सडक निर्माणको लागी तोकिएको मिति नजिकदै जादा ठेकेदार कम्पनीले हतार हतार सडक निर्माण गर्दा २ महिना नबितिदै भासिन थालिएको बताइन्छ । वीरगंजदेखी ठोरीसम्म ६० किलोमिटरको दुरी रहेपनि २ प्याकेजमा सडक निर्माण गर्नको निम्ति ठेक्का आहवान भएको थियो । तर ठेकेदारको चरम लापरवाही र हुलाकी सडकको भ्रष्टाचारीले अहिलेको समयमा वीरगंज ठोरी बिचका जनता मारमा परेका छन । निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको कारण विभिन्न स्थानमा बीचबाट सडक फाटेर भासिन थालेका छ भने कतिपय स्थानमा सडकको दुवै छेउमा गरिएको ग्राभेल पनि भासिन थालेको छ । पर्साको सदरमुकाम वीरगञ्जदेखि पश्चिमी क्षेत्र ठोरीको चौतारासम्म ६० किलोमिटर यस हुलाकी सडक २०६६ सालमा निर्माण कार्य सुरु गरिएको थियो, तर निर्माण कम्पनीको लापरवाहीको कारण ७ वर्षसम्म अलपत्र परेको थियो । ठेकेदार र निर्माण गराउने हुलाकी राजमार्ग आयोजना, योजना कार्यालयको चरम लापरवाहीले गर्दा हालसम्म पर्सेली जनताको साथ साथै यात्रा गर्ने यात्रीहरुलाई सास्ती खेप्नु परेको एक जना स्थानीयले बत्ँएका छन ।

हुलाकी राजमार्ग निर्माणको जिम्मा भारतीय ठेकेदार कम्पनी भिस्वा (बी.भी.एस.आर.) ज्वाइन भेन्चरले पाएको थियो । प्रथम चरणको मात्र काम सकाएर आयोजनामा ठूलो घाटा लाग्ने थाहा पाएपछि ठेकेदार कम्पनीले निर्माण सामग्री र केही मेशिनहरु समेत छाडेर भागेको कारण निर्माण कार्य अलपत्र परेको थियो । अलपत्र परेको उक्त सडक ७ वर्षपछि नेपाल सरकारले २०७४ कात्तिक १ गतेदेखि निर्माण कार्य शुरु गर्ने गरी ३०÷३० किलोमिटर निर्माणका लागि दुईवटा नेपाली निर्माण कम्पनीलाई जिम्मा लगाएको थियो । तर ठेकेदार कम्पनी र हुलाकी सडकको चरम लापरवाहीले बनाइएको सडकले गर्दा यात्री लगायत स्थानीयहरुमा झन समस्या थपिएको छ । बिभिन्न ठाउमा कलभर्ट निर्माणको लागी बजेट छुटयाएपनि कलभर्ट निर्माण नहुदा मारमा परेको यात्रीले बताउछन ।

वीरगन्ज महानगरपालिका वडा नं. २० अपौनी र हरपतगञ्जका बासिन्दाले पप्पुको बदमासीको विरोध र दबाबका लागि भन्दै उनीहरुको पुत्ला जलाएका हुन् । वडाको सडकमा भेला भएका त्यहाँका स्थानीयले पप्पु, हरिनारायण र शहरी विकासका हाकिमको पुत्ला जलाउदैं उनीहरुको विरोधमा नाराबाजी समेत गरेका थिए ।

शहरी विकास कार्यलयको मातहतमा रहेको वीरगन्जको ड्राइपोर्टदेखि महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीसम्म जोड्ने ३ किलोमिटर सडक २ वर्षमा निर्माणको ठेक्का सकारेको पप्पु कन्स्ट्रक्सनले हालसम्म पनि सो सडक नबनाएको स्थानीय रामकिशोर सिंहले आरोप लगाए ।

वीरगंजको प्रतिमा चौकदेखि चमरीहोलसम्म ३० किलोमिटर निर्माणको जिम्मा पाएको अमर कन्टेक्ट पप्पु जेभीले हालसम्म सडक निर्माणको काम सम्पन्न गर्न सकेको छैन । तर, चमरीहोलदेखि ठोरीको चौतारासम्म ३० किलोमिटरको जिम्मा पाएको कालिका÷बानिया ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले भने यही २०७८ चैत १८ गते निर्माण कार्य सम्पन्न गरेर नेपाली जनतालाई हस्तान्तरण गरिसकेको छ । तर, सडक हस्तान्तरण गरेको २ महिना नबितिदै सडक भत्किन थालेको छ । यता ठोरी गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुर्य बहादुर लामाका अनुसार हस्तान्तरण गरेको २ महिनामा सडकको व्यथितको बिषयमा ठेकेदार कम्पनी बानिया कन्ष्ट्रकसनले समेत लापरवाहीका कारण भासिन थालिएको आरोप लगाउनु भयो । उहाले कन्ष्ट्रकसन संग बुझदा गर्मीको कारण पिच खराब हुन पुगेको भन्दै ठेकेदार कम्पनीले झुक्याउदै आएको आरोप लगाउनु भयो ।

ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य बहादुर लामाले पनि निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको आरोप लगाए । उहाले सडक हस्तान्तरण गरेको अढाई तीन महिना पनि बितेको नभएपनि जताततै सडक खराब हुने गरेको बताए । सडक फुट्ने, भत्कने, सडक छेउमा गाडिएको पिलरहरु भत्किने जस्ता विभिन्न समस्याहरु देखा पर्न थालेको छ । हुलाकी राजमार्ग निर्माण गर्दा सडकमा पर्ने पुलको बजेट नेपाल सरकारले र सडकको मुअब्जादेखि निर्माण कार्यमा लाग्ने बजेट भारत सरकारले अनुदान स्वरुप दिने सम्झौता भएको थियो । भारत सरकारले नेपालमा निर्माण गर्ने १० वटा सडकहरुमध्ये हुलाकी राजमार्ग पनि एक हो । २०६६ सालमा १० वटा सडक निर्माण गर्नका लागि भारत सरकारले ८ अर्ब बजेट अनुदान स्वरुप नेपाल सरकारलाई दिएको थियो । भारत सरकारले जति सुकै अनुदान दिएपनि जबसम्म नेपाल सरकारले गैर जिम्मेवारीपूर्ण तरिकाले गर्दै आएको कारण गौरबको आयोजना मानिएको हुलाकी सडकका कारण पर्सेली जनता मारमा परेका छन । हुलाकी सडकका प्रमुख मात्र कागजी प्रकृयामा सम्पन्न गरी हस्तान्तरण बुझेको बिषयमा दुईजमत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार