स्याङ्जामा कोरोना संक्रमितको घर घरमै पुगेर औषधी वितरण

  सुनिल न्यौपाने  101 पटक हेरिएको


सुनिल न्यौपाने,स्याङ्जा | स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि उनीहरुको घरमै पुगेर औषधि वितरण अभियान शुरु गरेको छ । विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि होम आइसोलेसनमा बसेका पंचमुल, चिलाउनेबास, सेतिदोभान र फापरथुमका संक्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलले आफै बिरामीको घरमा पुगेर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण र बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार