नक्कली सेनीटाईजर सहित स्याङजाका एक व्यक्ती प्रहरी नियन्त्रणमा

  सुनिल न्यौपाने  306 पटक हेरिएको


स्याङ्जा, ८ जेठ । जिल्ला प्रहरी कार्यालय स्याङजाले नक्कली सेनीटाईजर सहित स्थानीय देवेन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ । स्याङजा जिल्लामा डिलरको रुपमा नक्कली सेनीटाईजर विक्रि वितरण गर्दै आएका स्याङजा प्रगतीनगरका पौडेललाई करिब २ सय लिटर नक्कली सेनीटाईजर सहित नियन्त्रणमा लिएको हो ।

गोप्य सुराकीका आधारमा स्याङजा जिल्लामै नक्कली सेनिटाईजरको विक्रि वितरण गर्दै आएका पौडेललाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयाे । काठमाडौंमा प्रहरीले कम्पनी माथी छापा हानेपछी सेनीटाईजर नक्कली हो भन्ने आफुले पनि थाहा पाएको पक्राउ परेका पौडेलले प्रहरीलाई बताएका छन् ।

प्रहरीले बजारमा नक्कली सेनीटाईजरको विगविगी रहेकाले कम्पनी हेरेर मात्रै सेनीटाईजर खरिद गर्न अनुरोध गरेको छ । पौडेलले विक्रि वितरण गरेका नक्कली सेनीटाईजरहरु स्याङजा सदरमुकाम पुतलीबजारमा रहेका सतीदेवी पोलिक्लीनीक र शुभ संगीता मेडिकलह हलबाट र पोखराबाट ल्याएका नक्कली सेनीटाईजर स्याङजा हस्पीटलबाट जफत गरेको प्रहरीले जनाएको छ ।

बजारमा गएको सेनिटाईजर नक्कली भएको पौडेलले स्वीकार गरेका छन् । पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार