स्याङ्जामा कोरोनाका बिरामीलाई निशुल्क भोजन

  सुनिल न्यौपाने  283 पटक हेरिएको


स्याङ्जा, ८ जेठ । स्याङ्जाको वालिङ नगरपालिकाले कोरोनाका बिरामीलाई निशुल्क भोजनको ब्यवस्था गर्ने भएको छ।नगरपालिकाले वालिङमा रहेको ग्रहौ प्राथमिक अस्पतालको आइसोलेसन सेन्टरमा उपचार गराइरहेका कोरोना सङ्क्रमितलाई निशुल्क भोजनको ब्यवस्था मिलाएको हो ।

“विश्वभर महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण वालिङमा पनि उच्च छ” वालिङ् नगरपालिका नगर प्रमुख एवं अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले भन्नुभयो । “सङ्क्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको छ जसका कारण होटल तथा पसलहरु नखुल्दा खानाका लागि समस्या नहोस् भनेर अस्पतालकै क्यान्टिनमा निशुल्क खानाको ब्यवस्था मिलाएका छौं ।”होटल तथा अन्य पसलहरु बन्द हुँदा खाना तथा खाजाको ब्यवस्थापनका लागि समस्या भएकाले नगरपालिकाको सहयोगमा अस्पतालकै क्यान्टिनबाट निशुल्क खाना उपलब्ध गराईएको उहाँले बताउनुभयो ।

आइसोलेसनमा उपचाररत सबै बिरामीलाई दैनिक खाना खुवाउने गरिएको अस्पतालका सूचना अधिकारी देबेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । वालिङ् नगरपालिकाको सहयोगमा दैनिक चार पटक अस्पतालको क्यान्टिनबाट स्वास्थ्यकर खाजा तथा खानाको ब्यवस्थापन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार