वर्ल्डलिंकको प्रायोजनमा हुनलागेको फुटबल घरमा नै बसेर हेर्न पाइने

काठमाडौं, १३ वैशाख । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड “खुकुरी नेपाल सुपर लिग २०२१” को प्रत्यक्ष प्रसारणमा जोडिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सद्धारा संचालित सुपर लिग एपीवान टीभी च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेकोछ ।

एपीवानले खुकुरी नेपाल सुपर लिगका म्याचहरू २१ दिनसम्म प्रत्यक्ष प्रसारण गर्नेछ । लिगमा ७ वटा प्रदेशका ७ वटै टिमहरुबीच २५ वटा म्याचहरु खेलिनेछन् ।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका निर्देशक मनोज अग्रवालका अनुसारः– “फुटबल नेपालको एउटा लोकप्रिय खेल हो । एपीवान टेलिभिजन मार्फत प्रसारण हुने यो उत्साहजनक फुटबल लिगमा जोडिन पाउँदा हामी निकै खुशी भएका छौं । यो टुर्नामेन्टले नेपालका उदायीमान युवा फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनेछ । जसलाई लाखौं दर्शकहरूले हेर्नेछन् । वल्र्डलिंक सधैं आफ्ना प्रिय ग्राहक महानुभावहरूको जीवनलाई उल्लासमय बनाउने मौकाको खोजीमा हुन्छ । नेपाली जनतालाई उत्साहित बनाउन र मनोरञ्जन दिन यो टुर्नामेन्ट पनि त्यस्तै एउटा भव्य अवसर भएको छ ।”

खुकुरी नेपाल सुपर लिग २०२१ नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग हो । टुर्नामेन्ट दशरथ रंगशालामा आयोजित हुने भए पनि कोभीडका कारण दर्शकहरू खेलमैदानमा हुनेछैनन् । कोरोना महामारीको वेला एपी वान टेलिभिजनले दर्शकहरूमाझ फुटबल खेलको मनोरञ्जन घरघरमै दिइरहेकोमा वर्ल्डलिंक कम्युनिकेशन्सले खुशी व्यक्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार