आज देशभर थप ३५५६ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं, १३ बैशाख । नेपालमा पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ३४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३ सय ७८ छ। पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै ३ हजार १ सय ७६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार