काठमाडौंमा एकै दिन थपिए १५६७ संक्रमित

काठमाडौं, १३ बैशाख । काठमाडौंमा सोमबार एकै दिन १५ सय ६७ जनामा संक्रमणको पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा २ सय २३ र भक्तपुरमा १ सय २२ जना संक्रमित फेला परेका छन् । त्यस्तै बाँकेमा ३ सय ७ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा हाल ६ सय ४४ जना संस्थागत आइसोलेशन तथा ९४ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेका छन् । नेपालमा हाल काठमाडौं उपत्यकाका तीन जिल्लासहित, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

हाल देशभर २२ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये होमआइसोलेसनमा २० हजार ५ सय ३५, संस्थागत आइसोलेसनमा १ हजार ८ सय ९९, आईसीयूमा २ सय ६८ र भेन्टिलेटरमा ७९ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार