क्रिकेटक रविचन्द्रन आश्विनले आईपीएलबाट ब्रेक लिए

एजेन्सी, १३ बैशाख । भारतीय क्रिकेटक हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गर्नु भएको छ ।

परिवारका सदस्यहरु कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताएका हुन् । स्पिनर आश्विनले यसपटक दिल्ली क्यापिटल्सबाट खेल्दै छ । आश्विनले ट्वीट गर्दै अहिलेको कठिन अवस्थामा परिवारलाई मद्दत गर्नु प्रमुख जिम्मेदारी भएको बताएका छन् ।

भारतमा कोरोनाभाइरसको महामारी तिब्र रुपमा फैलिएको अवस्थामा आइपिएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ । दिल्ली क्यापिटल्सले आश्विनको निर्णयप्रति समर्थन जनाएको छ । यसैबीच, रोयल च्यालेन्जर्स बैंगलोरमा अनुबन्धित केन रिचर्डसन र एडम जाम्पाले पनि कोभिड–१९ को सक्रमणको कारण देखाउँदै चालू लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार