भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

नयाँदिल्ली १३, बैशाख । भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । आज बिहान सार्वजनिक तथ्यांकअनुसार आइतबार भारतभर ३ लाख ५२ हजार ९ सय ९१ जना मानिसमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

भारतमा अप्रिल २२ मा पहिलो पटक दैनिक संक्रमितको संख्या तीन लाख नाघेको थियो। त्यसपछि लगातार दैनिक तीन लाखभन्दा बढी संक्रमित थपिइरहेका छन् । संक्रमितको ’सुनामी’ आएसँगै भारतीय स्वास्थ्य प्रणालीमा गम्भीर समस्या भएको छ । कति अस्पतालमा बिरामीले बेड पाएका छैनन् भने कति ठाउँमा अक्सिजनको हाहाकार भइरहेको छ । संक्रमित बढेसँगै मृत्यु हुनेको दैनिक संख्या पनि बढेको बढ्यै छ । आइतबारमात्रै भारतमा २ हजार ८ सय १२ जना संक्रमितले ज्यान गुमाएका छन् । भारतमा कोरोना महामारी नियन्त्रण भन्दा बाहिर जान थालेपछि अन्तर्राष्ट्रिय समुदायले सहयोगका हात बढाएका छन् । अमेरिकाले भारतलाई कोरोना भ्याक्सिन बनाउन चाहिने सामग्री निर्यातलगायत अन्य मेडिकल सामग्री दिने भएको छ । भारतका अरू मित्र राष्ट्रले पनि अक्सिजनलगायत अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराएका छन् । भारतमा अहिलेसम्म १ करोड ७३ लाखमा कोरोना संक्रमण भएको छ भने १ लाख ९५ हजारले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार