रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १० विकेटले पराजित

एजेन्सी, १० बैशाख ।  रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको छ ।

ओपनरद्वय पाडिक्कल र कप्तान विराट कोहलीले अविजित शतकीय साझेदारी गरेपछि बेंगलोरले १ सय ७८ रनको लक्ष्य १६ दशमलब ३ ओभर खेल्दै विना क्षति १ सय ८१ रन बनाएर जित हात पारेको हो । पाडिक्कलले ५२ बल खेल्दै ११ चौका र ६ छक्का मद्दतमा अविजित १ सय २ रन बनाए । आईपीएलमा उनको यो पहिलो शतक हो । यस्तै कोहलीले ४७ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा अविजित ७२ रन जोडे । त्यसअघि मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । राजस्थानका लागि शिभम दुबेले सर्वाधिक ४६ रन बनाए । यस्तै राहुल तेवाटियाले ४० रन जोडे । रियान परागे २५ र कप्तान सन्जु सामसनले २१ रन बनाए । बलिङमा बेंगलोरका मोहम्मद सिराज र हर्सल पटेलले ३–३ विकेट लिए । केल जेमिसन, केन रिचर्डसन र वासिङ्गटन सुन्दरले समान १ विकेट लिए । लगातार चौथो जितपछि ८ अंक जोडेको बेंगलोर फेरि शीर्ष स्थानमा उक्लेको छ । यस सिजन बेंगलोर अपराजित एक्लो टोली हो । चार खेल खेल्दा तेस्रो हार व्यहोरेको राजस्थान २ अंकसहित तालिकाको पुछारमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार