खुला ठाडो भाका र बाघचाल प्रतियोगिता शुक्रबारदेखि

लमजुङ, ९ वैशाख । यही वैशाख १० र ११ गते खुला प्रतियोगिताका रूपमा ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आज बेँसीशहरमा पत्रकार सम्मेलन गरी अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

उनले ठाडो भाकाको लागि पुरुष र महिला तीन÷तीनजना सहभागी भई विपरीत लिङ्गी समूहसँग १० टुक्का गाउनुपर्नेछ । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेसीको भगवान् आधारभूत विद्यालयमा आयोजना गरिने कार्यक्रमको प्रवद्र्धक दोर्दी गाउँपालिकाले गरेको छ । कार्यक्रममा ठाडो भाकाका महानायकको उपाधि बुद्धिमान दुरा ‘धम्पु’ लाई र ठाडोभाका–भाका नर्मदा स्मृति पुरस्कारबाट लोक संस्कृतिकर्मी कृष्ण कँडेललाई सम्मान गरिने भएको छ ।

प्रतियोगिताका लागि ठाडोभाकातर्फ १५ समूह र बाघचालतर्फ ३५ जनाले नाम दर्ता गरिसकेको अध्यक्ष पहाडीले बताए । ठाडोभाकातर्फ ९० टिम र बाघचाल प्रतियोगितातर्फ ३५ जनाको सहभागिता हुने अपेक्षा आयोजकको छ ।

ठाडोभाकातर्फ प्रथमलाई २५, दोस्रोलाई १५, तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरिने र सहभागी समूहलाई बाटो खर्चस्वरुप र तीन÷तीन हजार प्रदान गरिने छ । बाघचालतर्फ प्रथमलाई रु सात हजार, दोस्रोलाई रु चार र सान्त्वना दुई जनालाई दुई÷दुई हजार पुरस्कार छ । पत्रकार सम्मेलनमा ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ र सदस्य सीता दुराले ठाडो भाकाका केही टुक्का गाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार