पेस्तोल सहित एक जना पक्राउ

  दिपक चौरसिया  90 पटक हेरिएको

पर्सा, ८ बैशाख । पर्साको सदरमुकाम बिरगंज महानगरपालिका वडा नम्बर १६ बाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सन्युक्त टोलिले पेस्तोल सहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

बिशेष सूचना आउनसाथ बोर्डर आउट पोस्ट बिरगंज भन्सार र प्रहरी चौकी इनर्वाबाट खटिएको सन्युक्त टोलिले पेस्तोल र सोमा प्रयोग हुने म्यागजिन सहित पक्राउ गरेका हुन ।

बोर्डर आउट पोस्ट बिरगंज भन्सारबाट सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमान्डमा ७ जना सशस्त्र प्रहरीको टोलि र प्रहरी चौकी इनर्वाबाट प्रहरी नायब निरीक्षक पूर्ण प्रसाद दहाल सहित ५ जनाको नेपाल प्रहरीको टोलिले पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले जनाए अनुसार बिशेष सूचना आउनसाथ बिरगंज महानगरपालिका वडा नम्बर १६ सन्क्राचार्य गेट नजिकै चेकजाच गरिरहेको क्रममा पेस्तोल र सोमा प्रयोग हुने २ थान म्याग्जिन सहित पक्राउ गरिएको बताएका छन ।

मकवानपुर जिल्ला हाडिखोला गाउपालिका वडा नम्बर ९ बस्ने कुल बहादुर राणा मगरको २४ वर्षिय छोरा राजु राणा मगरलाइ पेस्तोल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज साझ करिब ७ बजेर ५५ मिनेटमा मगरलाइ पक्राउ गरि पेस्तोल र म्याग्जिन सहित अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार