सुत्केरीलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिईने

काठमाडौं, ९ वैशाख । प्रत्येक वडामा स्थापना गरिएको बर्थ सेन्टरमा आएर सुत्केरी हुने महिलालाई सरकारले उपलब्ध गराएको रु तीन हजार भत्ता (सुत्केरी पोषण खर्च)मा गाउँपालिकाले सतप्रतिशत थप गरेको छ । कारणवश कुनै सुत्केरीलाई उपचारका लागि काठमाडौँ लान र ल्याउन परेमा पनि पालिकाले त्यसका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गर्दैआएको छ ।

सुत्केरीलाई स्वास्थ्यकर्मी घरदैलोमै पुगेर उपचार सेवा दिने व्यवस्था कडाइका साथ लागू गरिएको छ । उक्त सेवापछि त्यस क्षेत्रमा मातृशिशु स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएको छ । स्वास्थ्य केन्द्रमा आएर सुत्केरी हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । मातृभाषा संरक्षणका लागि गुम्बामा शिक्षाका अतिरिक्त सरकारी विद्यालयमा शिक्षाको गुणस्तर सुधार्न विद्यार्थीलाई आवासीय पठनपाठन, शिक्षक र विद्यार्थीलाई निःशुल्क खाजाजस्ता लोकप्रिय कार्यक्रम पनि गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाभित्र हाल १० वटा माध्यमिक विद्यालय रहे पनि कतिपय विद्यार्थी घरबाट दिनानुदिन दुई घण्टा धाएर विद्यालय पुग्नै पर्ने स्थितिलाई आवासीय अध्ययन अध्यापनको व्यवस्थाले विद्यार्थीलाई उत्साहित तुल्याएको छ । गाउँपालिका हेलम्बु क्षेत्रका सरकारी विद्यालयलाई नमूना बनाउने कोसिस गरिरहेको छ ।

हेलम्बु गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने क्रममा करिब एक साताको पदयात्रा (ट्रेकिङ) गर्न मिल्ने नमूना पदमार्ग निर्माणलाई निकै महत्व दिएको छ । करिब ६० किलोमिटरको रहने उक्त पदमार्ग राष्ट्रिय गौरवकै रूपमा रहने विश्वास गरिएको छ । देशको राजधानीबाट करिब ५० किलोमिटरको दूरीमा रहेको हेलम्बु क्षेत्रमा बन्ने पदमार्ग हिउँसँग खेल्न चाहनेका लागि रोजाइको आकर्षण गन्तव्य बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार