अमेरिकामा प्रहरीको गोली लागेर अश्वेत नागरिकको मृत्यु, दुई शहरमा रात्रीकालिन कर्फ्यू

एजेन्सी, ३१ चैत । अमेरिकामा प्रहरीको गोली लागेर एक जना अश्वेत नागरिकको मृत्यु भएको छ । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाट बाहिर निकालेर हतकडी लगाउन खोज्दा बढेको विवादमा प्रहरीको गोली लागेर मिनसोटाको ब्रुकलिन सेन्टरमा २० वर्षीय युवक दन्ते राइटको मृत्यृ भएको हो ।

मृत्युपछि बढेको तनावका कारण अमेरिकाका दुई शहरमा रात्रीकालिन कर्फ्यू लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आइतबार प्रहरीको गोली लागेर उनको मृत्यु भएपछि अमेरिकाका दुई शहरमा तनाव बढेको छ । घटनापछि भएको प्रदर्शनले मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यू लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरीले प्रदर्शन रोक्न अश्रुग्यास र बेहोस पार्ने ग्रिनेड प्रहार गरेको जनाइएको छ ।

प्रदर्शनकारका क्रममा प्रहरीका सवारीसाधनमा ढुङ्गामुढा र लुटपाटका घटना भएको समाचारमा उल्लेख छ ।अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त गोली प्रहार दुखद भएको भन्दै प्रदर्शन रोक्न आग्रह गरेका छन् ।

स्थानीय प्रहरीले आफूहरुबाट गल्ती भएको स्वीकार गरेपनि प्रदर्शन रोकिएको छैन । यसअघि प्रहरीबाट अश्वेत नागरिक जर्ज फ्लोयड मृत्यु भएपछि अमेरिकाभर तनाव उत्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार