पछिल्लो समय संक्रमण बढेपछि नाका निरीक्षणमा पुगे काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुली

काठमाडौं, ३१ चैत । पछिल्लो समयकोरोना संक्रमण दर बढ्दै गएपछि काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली नागढुंगा नाकामा निरीक्षण गर्न पुगेका छन् । उनले त्यहाँ चेकजाँच र एन्टिजेन परीक्षण भए नभएकोबारे निरीक्षण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी पराजुलीसंगै निरीक्षणमा काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह पनि गएका गएका थिए । पराजुलीले थानकोटमा रहेको हेल्थ डेस्कलाई पनि प्रभावकारी बनाइएको साथै नाकामा आउने हरेक बसलाई चेकिङ गरेर मास्क लगाए नलगाएको समेत हेर्न भनेको बताएका छन् । नाकामा अहिले एन्टिजेन परीक्षणका लागि जनशक्ति कम भएको र त्यसको लागि स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको पराजुलीले बताएका छन् ।

हाल नाकामा एन्टिजेन परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको टोली खटिएको छ । यसअघि २३ चैतमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले नाकामा अनिवार्य एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार