आगामी जेठ–असारमा दैनिक ११ हजार संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्नेः मन्त्री त्रिपाठी

काठमाडौं, ३१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा आगामी जेठ असारमा कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । मन्त्रालयले जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको हो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीले बताए । संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न पनि उनले सिफारिस गरेको बताए ।

उनका अनुसार विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै टेष्ट गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको छ । यसका लागि मुख्य नाकामा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया शुरु भएको मन्त्री त्रिपाठीले बताए ।

स्वास्थ्यमन्त्री त्रिपाठीले मुलुकलाई फेरि बन्दाबन्दीमा पुग्न नदिन काठमाडौं उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राख्न उनले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार