कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु, डब्ल्यूएचओले भन्योः महामारी अन्त्य हुन लामो समय लाग्छ !

काठमाडौं, ३१ चैत । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भइरहेको समयमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना महामारी अन्त्य हुन लामो समय लाग्ने जनाएको छ ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम ग्याब्रियसससले कोरोना महामारी अन्त्य हुन लामो समय लाग्ने बताएका हुन् । यद्यपि, अबको केही महिनामा नै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै महामारीलाई नियन्त्रणमा ल्याउन सकिने ग्याब्रियसससको भनाइ छ ।

उनले आफूहरु पनि सामाजिक गतिविधि र अर्थतन्त्र पुनः खुलेको र व्यापार तथा पर्यटन क्षेत्र सञ्चालन भएको हेर्न चाहेको बताए । अहिले पनि धेरै मुलुकको आईसीयू भरिइसकेको र मानिसहरुको मृत्यु भइरहेको अवस्थामा यो सही नहुने ग्याब्रियसससको भनाइ छ ।

उनले पछिल्लो समय कोरोना संक्रमण बढ्नुको कारण यसबारेको अन्योल, हल्कारुपमा लिने प्रवृति र जनस्वास्थ्यको नियम पालना नगरेको हुनाले संक्रमण बढेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार