फेक क्लेमका कारण ६ सय ६६ जनाले कोरोना बीमा दावी गरे पनि भुक्तानी नपाउने

काठमाडौं, ३१ चैत । साढे ६ सय बढिले कोरोना बीमाको दाबी भुक्तानी नपाउने भएका छन् । बीमा समितिका अनुसार दोहोरो दाबी तथा फेक क्लेमको कारण ६ सय ६६ जनाले भुक्तानी नपाउने भएका हुन् ।

६ अर्ब नजिक पुगेको जनाएको छ । समितिको तथ्यांक अनुसार चैत ३० गते सोमबारसम्ममा कोरोना बीमा बापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको छ ।

त्यस अवधिमा ६० हजार ५ सय ८७ वटा दाबी बापत सो बराबरको रकम भुक्तानी भएको हो ।

सोमबारसम्ममा आवश्यक कागजपत्र पुरा भएका ९१ हजार ६ सय ७३ वटा दाबी भुक्तानीका फाइलहरु प्राप्त भएको छ भने ४ सय ३८ वटा फाइलहरु स्वीकृतिको लागि प्रकृयामा रहेका छन् ।

भेरिफिकेशनको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा १८ हजार ८५९ वटा फाइलहरु पेन्डिङ्ग छन् । यस्तै ५ हजार ४ सय ३६ वटा फाइलहरु महाशाखाबाट स्वीकृत भएर पुलमा पेन्डिङ्गमा रहेका छन् ।

थप १ हजार ९ सय ८९ वटा दाबीका फाइल महाशाखामा पठाउन तयार रहेको समितिले जनाएको छ । दाबी भुक्तानीका लागि आवश्यक कागजपत्र पुरा नभएपछि १ हजार ९ सय ८९ वटा फाइलहरु भने फेरी कम्पनीमा फिर्ता पठाएका छन् ।

कोरोना बीमामा दोहोरो दाबी पर्ने भएकोले पनि भेरिफिकेशन गर्न तथा दोहोरो भुक्तानी नियन्त्रण गर्न समय लागेको समितिले बताउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार