चीनबाट ल्याइएको भेरोसेल खोप ४० देखि ५९ वर्षका नागरीकलाई लगाईने

काठमाडौं, ३० चैत । नेपाल सरकारलाई चीनले अनुदानमा दिएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप मंगलबारबाट ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दिइने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखाका अनुसार भोलि मंगलबारदेखि दिइने खोप ०७८ वैशाख ५ गतेसम्म दिईने छ ।

चैत २५ बाट १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउन सुरु गरिएको थियो । १८ देखि ५९ वर्ष समूहका अर्थात् पहिलो प्राथमिकतामा परेका विद्यार्थी, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले समेत खोप लगाई सकेका छन् । यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिनेहरूले समेत चिनियाँ भेरोसेल खोप लगाउन पाउँने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार