विदेशमा थप ४ जना नेपाली कोरोना संक्रमणबाट मृत्यु

लण्डन, २२ चैत । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ४ जनाको निधन मृत्यु भएको गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार