पछिल्लो २४ घण्टामा देशभर १ सय ७६ कोेरोना संक्रमित पुष्टि

काठमाडौं, २२ चैत, । पछिल्लो २४ घण्टामा मुलुकभर थप १ सय ७६ जना कोरोना संक्रमित थपिएका छन्। ३ हजार ४ सय ५६ जनाको पीसीआर परीक्षण गर्दा १सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७७ हजार ८ सय १६ पुगेको छ। पछिल्लो २४ घण्टामा १सय१७ जना संक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ७९ पुगेको छ।
मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ७२ रहेको छ। आज उपत्यकामा ९९ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ८७ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार