एमालेका तीन मन्त्रीले राजिनामा दिने

सुर्खेत, २२ चैत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारमा रहेका आफ्ना तीन मन्त्रीलाई राजिनामा गर्न लगाउने निर्णय गरेको छ । आइतबार बसेको दलको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई राजीनामा गराउने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार मन्त्रीहरू अघि बढेमा सरकारमा सहभागी तीन जना मन्त्रीहरूले भोली ‘सोमवार’ सम्म राजीनामा दिनसक्ने बैठकमा सहभागी एक सांसदले जानकारी दिए । कर्णाली सरकारमा सामाजिक विकास मन्त्री दल रावल, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजिनामा दिने तयारी भएको बैठकमा सहभागी सांसदले बताए ।

आजको बैठकमा एमालेको सबै सांसद सहभागी थिए । बैठकले एमालेको विधान संशोधनको मस्यौदा तयार गर्नको लागि प्रमुख सचेतक गुलाबजंग शाहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितको सदस्यमा करविर शाही र मिनासिंह रखाल रहेका छन् । आजको संसदीय दलको बैठकले एमालेको एकता गराएको सांसद पद्मा खड्काले बताइन् । कर्णालीमा एमालेका १९ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार