ताइवान रेल दुर्घटना हुँदा ४८ जनाको मृत्यु, ६० को उद्धार

ताइवान, २० चैत । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ ‘टनेल’ भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४८ यात्रीको मृत्यु भएको आशङ्का गरिएको छ ।

यसअघि प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको थियो भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पु¥याइएको छ ।

ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् । उक्त रेल राजधानी ताइपेईबाट ताइतुङतर्फ गइरहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार