पूर्वकप्तान विराज महर्जनको बिदाइ

काठमाडौं, १६ चैत । नेपाली फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले बङ्गलादेश विरुद्धको अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । उनले सोमबारको खेलबाट सन्यास लिने यसअघि नै घोषणा गरेका हुन् ।

पूर्वकप्तान महर्जनको दशरथ रङ्गशालामा सोमबार भव्य रुपमा बिदाइ गरिएको छ । बङ्गलादेश विरुद्धको खेलमा उनी खेलको ८९औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । उनी नेपालका तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी हुनु । महर्जनले ७३ खेल खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार