लोकसेवा आयोग आजदेखि पदाधिकारीविहीन

काठमाडौं । आजदेखि लोकसेवा आयोग पदाधिकारीविहीन भएको छ । अध्यक्ष उमेश मैनालीसहित अन्य सदस्यहरु अशोककुमार झा, बिन्द्रा हाडा भट्टराई, कृष्णचन्द्र झा र ब्रह्मदेव रायको ६ वर्षे कार्यकाल सकिएसँगै लोकसेवा आयोग पदाधिकारीविहीन हुन पुगेको हो ।

अध्यक्ष मैनालीले मंगलबार आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै आयोग पदाधिकारीविहीन हुँदा आयोगमा गम्भीर असर पर्ने अवस्था रहेको जानकारी दिए । उनले थप जानकारी दिदै तत्कालै बढुवाको सबै प्रक्रिया रोकिने, नतिजा प्रकाशन गर्ने काम रोकिने, परीक्षा रोकिने पनि बताए । निजामति प्रशासनको सम्पूर्ण काम रोकिने हुँदा सरकारले समयमै पदाधिकारी नियुक्ति गर्नु पर्ने अध्यक्ष मैनालीको भनाई छ ।

उनले लोकसेवा आयोगले कर्मचारीहरुको बढुवामा आन्तरिक प्रतियोगिता र खुला प्रतियोगितामा विभेद रहेको धारणा सार्वजनिक गरेको हो । आयोगका अध्यक्ष मैनालीले सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धामा आउने योग्य व्यक्ति भन्दा बढी सुविधा पाउने गरेको बताए ।

२०७१ चैत ११ गते पूर्व प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले आयोगमा अध्यक्ष उमेश मैनालीसहितका पदाधिकारी नियुक्त गरेको थियो ।

अध्यक्ष मैनालीले निजामती सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेको व्यक्तिलाई उमेरको हदमा छुट दिएको तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर हद रहेको पनि बताए । संघीय संसदमा विचाराधीन रहेको विधेयकमा विभेद हटाउन आयोगले सुझाव दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार