ऐतिहासिक सम्पदा जोगाउन राज्यको भूमिका खै ?

  दीपा आलेमगर  222 पटक हेरिएको

नेपाल धार्मिक सामाजिक, सांस्कृतिक सम्पदाले सम्पन्न देश हो । यहाँ भएका जति पनि भौतिक अभौतिक सम्पदाहरु छन् यी सबै राष्ट्रका गहना र पहिचान हुन् । नेपालमा ऐतिहासिक सम्पदाहरु त धेरै छन् त्यसमध्ये स्वह्रा हिति सम्पदाको पहिचान आज पनि जिवित छ तर जिर्ण अवस्थामा । ईतिहासको कालखण्डमा बनाईएका स्वह्रा हिति सम्पदाहरु दिनदिनै मासिदै, भासिदै गईरहेका छन् तर आजका दिनसम्म पनि संरक्षण संबद्धन गर्नु पर्छ भनेर सम्बन्धीत निकायको ध्यान जान सकेको छैन ।

पुरातत्व विभागमा भएको २०३९ सालको तथ्यांक अनुसार स्वह्रा हिति १४ औं शताब्दीमा लक्ष्मीदास भारु द्वारा निर्माण गरिएको ईतिहास पाईन्छ । यही ३ वटा धारा देखेर३ वटा धाराको नाममा तीन धारा पाठशालाको रुपमा नामाकरण भएको छ । यी धाराहरुमा प्राकृतिक रुपमै पानी आउने गर्दछ ।

तीन धारा पाठशालामा नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल लगायत थुप्रै उच्च पदस्थ व्यक्तिहरुले होस्टेलको रुपमा बसेका र यही हितिको पानी प्रयोग गरेर दिनचर्या सुरु गरेको स्थानीय बासिन्दाहरु बताउँछन् तर देशको उच्च पदमा पुगेर पनि आज दरवारमार्ग स्थित स्वह्रा हितिको अवस्था खस्कीदै गर्दा समेत उनीहरुको नजर पुग्न सकेको छैन् । न त राज्यको नै नजर पुग्न सकेको छ । जसले गर्दा कतै नेपालकै एतिहासिक सम्पदाहरु नासिने, मासिने त होइन भनेर सम्पदाप्रेमीहरु यति बेला चिन्ता मात्र होइन नेपालका सबै सम्पदाहरुलाई बचाउनु पर्छ भनेर अभियानका साथ लागि परेका छन् ।

नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएकाले नेपालले अनुमोदन गरेका राष्ट्रसंघीय सन्धि सम्झौताको पालना गर्नु सन्धि ऐन २०४७ अनुसार नेपाल सरकारलाई बाध्यकारी हुनेछ । राष्ट्रसंघीय शैक्षिक विज्ञान तथा सांस्कृतिक संगठनले (युनेस्को) नेपालका विभिन्न सम्पदालाई विश्व सम्पदाको मान्यता दिएर सूचिकृत गरेको छ । सूचिकृत सम्पदाको संरक्षण गर्न सम्बन्धीत मुलुक र युनेस्कोको विशेष भूमिका रहन्छन् । नेपालमा सम्पदा भित्र पर्ने मठमन्दीर, स्वह्रा हिति, ऐतिहासिक भवनहरु, ताल तलैया, भौतिक अभौतिकबाट बनेका सबै सम्पदाहरु पर्ने गर्दछन् । नेपाल एउटा धार्मिक र सांस्कृतिक पहिचान बोकेको देश हो । यहाँ भएका जति पनि धार्मिक र सांस्कृतिक पहिचानहरुलाई बचाउन सके मात्र देशको पहिचान विश्व सामु चिनिने सम्पदा अभियान याद्धवलाल कायस्थ बताउँछन् ।

उपत्यका भित्र थुप्रै सम्पदा भएपनि यति बेला याद्धवलाल लगायतका अभियानकर्ताहरु दरबारमार्ग स्थित वर्षौदेखि अलपत्र परेको स्वह्रा हितिलाई पहिल्यैकै अवस्थामा फर्काउन लागि परेका छन् । किन कि दरवारमार्ग स्थित स्वह्रा हितिमा अहिले पनि भुई तलाबाट पानी आफै आउने गरेको छ । यदि त्यसलाई पहिलाको अवस्थामा संरक्षण र संबद्धन गर्न सक्यो भने प्राकृतिक स्वस्थ्य पानी पिउन सकिने उनको भनाई छ । काठमाडौंमा वर्षौ भयो मेलम्चीबाट पानी आएर घरघरमा पुग्ने भन्ने सपना तर पनि आजको दिनसम्म पनि पानी आउन सकेको छैन तर यसरी वर्षौदेखि अलपत्र पारिएका हितिहरुलाई संरक्षण गर्दै प्रयोगमा ल्याउन सके मानिसहरुले मिनिरल वाटर पिउनु पर्ने थिएन । यही प्राकृतिक रुपबाट आएको हितिको सफा पानी पिउने वातावरण बन्न सक्थ्यो तर खै सरकारको ध्यान गएको न त राजनीतिक दलहरुको नै यस विषयमा ध्यान जान सकेको छ ।

याद्धवलाल कायस्थ लगायत अहिले समुदाय समेत सक्रिय भएर सम्पदा अभियानमा लागि परेका छन् । हालमा अहिले दरवारमार्ग लगायत उपत्यका भित्र भएका हितिहरुको संरक्षण र संबद्धनमा क्रियाशील भएका छन् । त्यति मात्र होइन याद्धवलाल लगायतका अभियानकर्ता ऐतिहासिक सम्पदा उत्खनन्मा समेत सक्रिय भूमिका खेलिरहेका छन् । वर्षौदेखि जिर्णअवस्थामा रहेको दरवारमार्ग स्थित स्वह्रा हितिलाई पुन निर्माण गर्नु पर्छ भनेर रातदिन वडादेखि पुरातत्व विभागमा गएर धर्ना दिर्दै खबरदारी गरेपछि बल्ल बल्ल तीन चारवर्ष पछि विभागले स्वह्रा हिति निर्माणको लागि २० लाख रकम छुटाएको छ । पुरातत्व विभागले दरबारमार्ग स्थित स्वह्रा हिति निर्माणलाई रकम त छुटायो तर समुदायलाई एक पटक पनि नसोधि हिति निर्माणमा लागेको छ । स्वह्रा हितिकै नजिक ठूलो बैक भवन निर्माण भएको छ । त्यसको तल स्वह्रा हिति छ । बैकबाट बगाएका फोहोर पानी त्यही हितिमा बग्ने गरेको छ । जसले गर्दा हिति जस्तो पवित्र स्थानमा फोहोर पानी बगेको देख्दा सम्पदा अभियानकर्ताहरु दुःखी भएको याद्धवलाल बताउँछन् ।

याद्धवलाल मात्र होइनन् उनका साथमा अर्का अभियानकर्ता काठमाडौं लाजिम्पाट निवासी रविना श्रेष्ठ पनि सक्रिय छन् । उनको पनि चाहना छ उपत्यका भित्र रहेका सम्पदामा राज्यले लगानी लगाई संरक्षण गरि दियोस् । उनी भन्छिन्– दरवारमार्ग स्थित रहेको स्वह्रा हितिलाई ७ सय वर्ष पुरानो नेवारी भाषामा स्वह्रा हिति तीनवटा हितिमा दुई वटा विक्री सकेको थियो भने एउटा हिति टुक्रा टुक्रा भएको त्यसपछि हामीहरुले वडादेखि पुरातत्व विभागमा ३,४ वर्ष देखि गएर करायौ धर्ना दियौ । अहिले आएर सुनुवाई भएको छ । हामी चाहान्छौं ईतिहासमा जस्तो हिति बनेको थियो त्यस्तै हिति बन्नुपर्छ । तर दिनप्रति दिन हाम्रा ऐतिहासिक पुराना सम्पदाहरु मासिर्दै गईरहेको छ । संसारका मानिसहरु हाम्रा भाषा, धर्म संस्कृति र सम्पदा हेर्न आउने हो या बनाइएको ठूला भवन हेर्न आउने होइन नि यो कुरा सरकारले बुझ्नु परयो उनले दुखेसो पोखिन । अहिले हामी मिनिरल वाटरको पानी खाई रहेका छौं । यदि यो हितिलाई संबद्धन गर्न सक्यो भने हामीले प्राकृतिक पानी पिउन पाउने छौं ।

त्यसैगरी अर्का अभियानकर्ता ६५ वर्षीय गणेश शाक्य बताउँछन् सानोमा केटाकेटी उमेरमा मेरो आमासँग यो बाटोमा हिड्ने गर्दथे । तीन धारा पाठशाला भनेर थाहा थियो । तर वास्तवमा मैले आज स्वह्रा हिति भनेर याद्धवलालको कारणले थाहा पाए । अहिले आएर म पनि यो हितिकोलागि कसरी जोगाउन सकिन्छ र कसरी बचाउने भनेर लागि परेको छु । सम्पदा अभियानकर्ताहरुका साथ म पनि पुरातत्व विभाग, वडामा धाउदा धाउदा केही सुनाई भएको छ । किन कि यो हितिमा पानीको मुहान भएको हुनाले यसलाई मेयर सापसंग अनौपचारीक रुपमा हितिको बारेमा कुराकानी गरेको छु । राजनीतिक दलहरुसँग पनि कुरा गरौ तर हामीले चाहेको जस्तो सहयोग पाएका छैनौं । तर हाम्रो निरन्तरको प्रयासले पुरातत्व विभागहरुले सुनुवाई गरेकोमा हामी केही हदसम्म भएपनि खुशी भएका छौं । शाक्यका अनुसार यति मात्र होइन यहाँ धेरै नै ऐतिहासिक सम्पदाहरु छन् त्यसको संरक्षण संबद्धन हुनु पर्छ यदि भएन भने अन्तीम विकल्प भनेको आन्दोलनको बाटो रोच्नु पर्ने हुन्छ तर सकभर आन्दोलन गर्न नपरोस् भन्ने हो ।

सम्पदा अभियानलाई जोगाउन पर्छ भनेर यति बेला उपत्यका युवावर्ग एकजुट भएका छन् त्यसैमध्येका अर्का युवा हुन कृष्ण मानन्धर । उनका अनुसार हितिको काम सुरु भएको दुई वर्ष भएको छ । यो हितिको काम सुरुमा वडाले गरेको थियो पछि विचमा छोड्यो । त्यसपछि पुरातत्व विभागमा गयौं सुरुमा हाम्रो कुरामा सकारात्मक देखिएन । पछि दिनदिनै धाउन थालेपनि पुरातत्व विभाग सकारात्मक भयो । हामीले सम्पदाको बारेमा स्पष्ट रुपमा बतायौं । त्यसपछि पुरातत्व विभागका कर्मचारीहरुको सोंचमा विकास भएको छ । आफ्नो मौलिकतालाई बचाउनु पर्छ भनेर नयाँ पिडि लागेका छन् अझ पानीसँग सम्बन्धीत सम्पदालाई बचाउन पर्छ भनेर सक्रिय भएका छन् । ऐतिहासिक सम्पदालाई हामी सबैले बचाउन लाग्नुपर्छ तर यस विषयमा सम्बन्धीत निकायले ध्यान दिएको पाईदैन । सम्पदाका क्षेत्रमा काम गर्ने केही सरकारी कर्मचारीहरुले समेत तलब खाने बस्ने काम मात्र भएको छ ।

उनले भने यो स्वह्रा हिति संरक्षणकोलागि त्यहाँ गएर हामीले पानी समेत निकालेर देखाई दिएका छौं यस विषय सरकारको ध्यान जाने कि नजाने । हितिबाट प्राकृतिक पानी निकालेर नेपालमा मात्र होइन विश्वका देशहरुमा पुराउन राज्य लाग्नु पर्छ । त्यसैले राज्य आजैदेखि सम्पदा जोगाउन लाग्नुपर्छ बाहिरको मान्छेले के यो कंक्रिट हेर्न आउने हो र सम्पदा हेर्न आउने हो नि कृष्णको भनाई थियो । दरवारमार्ग स्थीत भएको स्वह्रा हिति निर्माणकोलागि पुरात्तत्व विभागले २० लाख रकम छुटाइएको छ । हामीलाई केही राहात भएको छ अब दरबारमार्ग स्थित स्वह्रा हिति निर्माण हुने भयो भनेर । दरवारमार्ग स्थित स्वह्रा हिति त एउटा उदाहण मात्र हो यस्ता हजारौं हितिहरु त्यतिकै प्रयोग विहिन भएका छन् ।

सम्पदा अभियानकर्ता याद्धवलालका अनुसार काठमाडौंमा पुरातत्व विभागमा ५ सय चानचुनको अभिलेख छ । खानेपानी व्यवस्थापनको अभिलेखको ४ सय चानचुन तर हाम्रो रेर्कडमा हजार भन्दा बढी छन् । हामीले उत्खनन गरेर निकालेर देखाई दिएका छौं तर अभिलेख नै छैन । हामीले निकालेका हितिको त झनै अभिलेख नै छैन । उत्खनन र संमक्षण गर्दै जाँदा हाम्रा पुर्खाहरुले लेखेका कागजातबाट पनि हजार भन्दा बढी रहेको छ तर एउटा पनि अभिलेख राखिएको छैन । यो हितिकोलागि पनि बारम्बार भनेको हुनाले बाध्य भएर बजेट छुटाई दिएको हो तर हामीसँग सहकार्य नगरी पुरात्तत्व विभागले आफ्नै तरिकाले काम गरेकोमा स्थानीय बासिन्दाले दुखेसो पोखेको याद्धवलाल कायस्थले बताए ।

याद्धवलालले भने –राज्य भनेकै जनताको हक हितकोलागि हो । राज्यले जनताको हितकोलागि काम गर्नुपर्छ । जनताको आवाजलाई राज्यले सुन्नुपर्छ । विश्वमा नभएको सम्पदा नेपालमा छ त्यसलाई संरक्षण र संबद्धन गरी आफ्नो देशको सम्पदालाई विश्वमा चिनाउनु पनि राज्यको काम हो । यस तर्फ सम्बन्धीत निकायको ध्यान गईदिए हामीलाई कति गर्व लाग्थ्यो होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार