तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानिय बजारमा आज सुनचाँदीको मूल्य गिरावट आएको छ । बिहीबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९ सय रुपैयाँले गिरावट आएसँगै प्रतितोला ८५ हजार ६ सय रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुन तोलाको मूल्य पनि ८५ हजार १ सय ५० रुपैयाँ कायम रहेको छ । तेजाबी सुन बिहीबार प्रतितोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा किनबेच भएको चाँदी आज भने १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार