पछिल्लो हप्ता कोरोनाको कारण विदेशमा ३ जना नेपालीको मृत्यु

काठमाडौं । कोभिड–१९ को संक्रमणबाट विदेशमा यो साता थप ३ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा एक जनाको कोरोनाका कारण निधन भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको सङ्ख्या ३ सय ३९ पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४ सय १ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १ सय २४ जना संक्रमणमुक्त भैसकेका छन् । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत रहेको गैरआवासीय नेपाली संघले जनाएको छ । स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यो साता इटाली र युक्रेनका नेपालीमा पहिलो पटक संक्र्रमण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार