संयुक्त राष्ट्रसंघद्धा्रा नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिमा सिफारिस

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विकास नीति सम्बन्धी कमिटीले गरेको यो सिफारिस ५ वर्षमा अर्थात सन् २०२६ देखि लागू हुनेछ । राष्ट्रसंघको विकास नीति समितिले पाँच वर्षको तयारी अवधि राखेर नेपाललाई अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि लैजाने सिफारिस गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

नेपाललाई विकासशील राष्ट्र हुँदै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बनाउने संकल्पमा यस सिफारिसले ठूलो भरोसा प्रदान गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताउनुभएको छ ।
राष्ट्रसंघीय विकास नीति कमिटी (सिडिपी)ले फेब्रुअरी २२ देखि २६ सम्म गरेको तीन वर्षे समिक्षामा नेपालले अल्पविकसितबाट विकसित राष्ट्रमा स्तरोन्नति हुने मापदण्ड पूरा गरेको जनाइएको छ । प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक स्तरोन्नतिका मुख्य मापदण्ड हुन् ।

यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार