भूकम्पपछि पुननिर्माणमा चीन सरकारको भूमिका महत्वपूर्ण रहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भूकम्पपछि नेपालको ऐतिहासिक स्थलको पुननिर्माणमा चीन सरकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंको दरबार हाई स्कुलमा चीन सरकारले उपलव्ध गराएको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा उहाँले हनुमानढोका देखि दरबारस्कुलसम्मका ऐतिहासिक स्थल पुननिर्माणमा चीन सरकारले गरेको सहयोगको प्रशंसा गर्नुुभयो । उहाँले नेपालको इतिहास बोकेको दरबार हाइस्कुल निर्धारित समयमा नै चीन सरकारले नया रुपमा पुननिर्माण गरेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले चीन सरकारको सहयोग निरन्तर प्राप्त भइरहेको भन्दै यसले दुईदेशबीचको भावनालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा चिनियाँ नयाँ वर्षको अवसरमा नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले विद्यालयलाई खेलकुद सामग्री, स्वास्थ्य सामग्री, व्याग, पुस्तक लगायत सामग्री प्रदान गर्नुभएको थियो । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएको दरबार हाइस्कुल चीन सरकारको सहयोगमा पुनर्निर्माण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार