नेकपा संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराई मनोनित

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्टपार्टी (नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराईलाई मनोनित गर्नुभएको छ । यसअघिका मुख्य सचेतक देव गुरुङलाई हटाएर प्रधानमन्त्री ओलीले भट्टराईलाई मनोनित गर्नुभएको हो ।

ओलीले नेकपा संसदीय दलको विधान २०७५ को दफा १३ बमोजिम भट्टराईलाइ मुख्य सचेतक बनाएको उहाँको सचिवालयले जनाएको छ । विद्यार्थी आन्दोलनमा लामो समय क्रियाशिल भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार