कोरोनाको करण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु

कठमाडौं । नेपालमा शुक्रबार थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको ३ हजार ९ सय ४४ नमूना परिक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै शुक्रबार थप ५४ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ७० हजार २ सय ७७ जनाले कोरोनालाई जितेका छन् । गएको २४ घण्टामा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म २ हजार ७ सय ७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । विभिन्न अस्पताल र होम आइसोलेशनमा गरी देशभर ९ सय ३६ सक्रिय संक्रमित रहेका छन् । हालसम्म २१ लाख ५७ हजार ५ सय ८० वटा नमूनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको मन्त्रालयको तथ्यांक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार