विकासको नाममा जनतालाई दुःख दिएको भन्दै माइतीघरमा विरोध प्रदर्शन

काठमडौं । विकासको नाममा जनतालाई दुःख दिने काम भएको भन्दै बृहत् नागरिक आन्दोलनको अगुवाइमा काठमाडौंमा विरोध प्रदर्शन भएको छ । बिकासको नाममा जनतालाई दुख दिने काम भएको भन्दै बृहत नागरिक आन्दोलन र सम्पदा संरक्षण अभियानकर्मीहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तार गैरकानुनी भएको उनीहरुको भनाई छ । प्रदर्शनकारीहरुले बालाजु सडक विस्तारको विरोधका क्रममा प्रहरी नियन्त्रणमा रहेकाको तत्काल रिहाइको माग गरे । त्यस्तै सडक विस्तार पीडितलाई पुनस्थापना गर्नुपर्नेलगायत माग गनीहरुको छ । प्रदर्शनमा सहभागीहरुले सडक विस्तारका नाममा आफुहरुलाई उठिवास लगाउने काम भएको गुनासो गरेका थिए ।

प्रदर्शनमा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति तथा नेवाः देय् दबूको पनि सहभागिता रहेको थियो । प्रदर्शनकारीहरु परम्परागत नेवारी भेषभुषा र बाजागाजासहित सहभागी भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार