भारत र चिनका विदेश मन्त्रीबीच टेलीफोन वार्ता

एजेन्सी । भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी बीच झण्डै सवा घण्टा लामो टेलिफोन वार्ता भएको छ । ७५ मिनेटसम्म चलेको वार्तामा सीमा क्षेत्रमा सैन्य फौज घटाउने र तनाव कम गर्ने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । दुई विदेश मन्त्रीबीच पूर्वी लद्धाखको लाइन अफ एक्च्युल कन्ट्रोलबारे र अरू सबै सीमा क्षेत्रबारे कुराकानी भएको थियो ।

जयशंकरले सीमाको मुद्दा सुल्झिन समय लाग्ने भए पनि सीमा क्षेत्रमा हिंसा हुँदा सम्बन्धलाई बिगार्ने बताउनुभएको थियो । सीमा क्षेत्रबाट सैनिकहरू पछाडि हटेर अवस्था सामान्य भए पछि थप वार्ता गर्ने सहमति पनि उहाँहरुबीच भएको छ । भारतीय र चिनियाँ विदेशमन्त्रीहरुबीच निरन्तर सम्पर्कमा रहने र त्यसका लागि हटलाइन पनि खोल्ने सहमति भएको छ ।

१ अर्ब बढी जनसंख्या भएका विश्वका यी २ आणवीक शक्ति राष्ट्रको सीमा निर्धारण हुन बाँकी छ । दुवै पक्षले पूर्वी र पश्चिमी सीमाक्षेत्रमा एक अर्काले सीमा अतिक्रमण गरेको आरोप लगाउने गरेका छन् । चिनियाँ राष्ट्रपति सी चिन फिङले भारतमा हुने ब्रिक्स सम्मेलनमा सहभागिता सुनिश्चित गरेसँगै २ देशबीच संवाद बाक्लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार