काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । आज बस्ने मन्त्रिपरिषद् बैठकले संसद बैठक आह्वाानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
यसअघि बसेको सत्तारुढ नेकपा(ओली समूह)को स्थायी समिति बैठकले सर्वोच्चको फैसला स्वीकार्दै संसद अधिवेशन बोलाउने निर्णय गरेको थियो । सर्वोच्चको गत मंगलबारको फैसलामा १३ दिनभित्र संसद बैठक बोलाउन परमादेश जारी गरीएको छ । प्रचण्ड माधव समूह र विपक्षीले राजीनामा मागिरहेको भए पनि प्रधानमन्त्री ओली भने संसदमा अविश्वास प्रस्तावको सामना गरेरै अघि बढ्ने सोचमा हुनुहुन्छ ।