अमेरिकाद्वारा इरान समर्थित लडाकुको अखडामा हवाई आक्रमण

एजेन्सी । अमेरिकाले सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा हवाई आक्रमण गरेको छ । हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि सो आक्रमण भएको समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणका कारण भएको क्षतिबारे जानकारी आइसकेको छैन ।

इराकमा रहेको अमेरिकी सेनाको शिविरमा इरानबाट भएको रकेट आक्रमणको जवाफी कारबाहीस्वरूप अमेरिकाले आक्रमण गरेको खबरमा उल्लेख छ । यसअघि गएको हप्ता अमेरिकी सेनाको शिविरमा आक्रमण भएको थियो । उक्त आक्रमणमा एक जना गैर–अमेरिकी ठेकेदारको ज्यान गएको थियो भने ४ अमेरिकी ठेकेदारसहित ६ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार